दफा ६३८
भाडामा लिने व्यक्ति दामासाहीमा परेमा भाडामा लिएको वस्तुको स्थितिः

(१) हायर पर्चेज करार बहाल रहेको अवधिमा भाडामा लिने व्यक्ति प्रचलित कानून बमोजिम दामासाहीमा परेको वा पर्न लागेको अदालतले ठहर गरेमा त्यसको परिणाम स्वरूप त्यस्तो व्यक्तिको सम्पत्ति नियन्त्रणमा लिने लिक्विडेटर वा सो सरहको अधिकार पाएको अन्य कुनै व्यक्तिले हायर पर्चेज करारसँग सम्बन्धित वस्तुको सम्बन्धमा भाडामा लिने व्यक्तिलाई भए सरह अधिकारको प्रयोग र दायित्व निर्वाह गर्नेछ ।
(२) भाडामा लिने व्यक्ति दामासाहीमा परी त्यस सम्बन्धी कार्यविधि कुनै अदालतमा विचाराधीन रहेको अवस्थामा उपदफा (१) बमोजिमको लिक्विडेटर वा सो सरहका अधिकार प्रयोग गर्ने व्यक्तिले त्यस्तो अदालतको अनुमति लिई हायर पर्चेज करारसँग सम्बन्धित वस्तु अन्य कुनै व्यक्तिलाई कुनै किसिमले हस्तान्तरण गर्न सक्नेछ र त्यसरी त्यस्तो वस्तु हस्तान्तरण भएकोमा हस्तान्तरण भई वस्तु प्राप्त गर्ने व्यक्तिले भाडामा लिने व्यक्ति सरह हायर पर्चेज करार बमोजिमको अधिकारको प्रयोग र दायित्व निर्वाह गर्नु पर्नेछ ।